१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


यु.एस ओपन टेनिसको उपाधि सर्वियाका जोकोभिचलाई


286
Shares

काठमाडौं । यस वर्षको यु.एस ओपन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जितेका छन् ।

अमेरिकाको न्युयोर्कमा सम्पन्न प्रतियोगिताको फाइनलमा रुसका डानिल मेदबेदेभलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।

मेदबेदेभविरुद्धको खेल जोकोभिचले ६–३, ७–६ र ६–३ ले जिते । जितसँगै जोकोभिचले टेनिसको इतिहासमा सर्वाधिक २४ ग्राण्डस्लाम जित्ने मार्गरेट कोर्टको किर्तीमान बराबरी गरेका छन् ।

अष्ट्रेलियन खेलाडी कोर्टले सन् १९६० देखि ७७ सम्म १७ वर्षको व्यवसायिक खेल करियरमा २४ ग्राण्डस्लाम जितेकी थिइन् ।

यसपटक यु.एस ओपनको उपाधि जित्दै जोकोभिचले उक्त किर्तीमान भेटाएका हुन् ।