२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


असोजमा दुईदिने अन्तर्राष्ट्रिय बीमा सम्मेलन हुने


0
Shares

काठमाडौं, भदौ २४ । काठमाडौंमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र पुनर्बीमा कम्पनीको छाता संस्था एसोसियसन अफ इन्स्योरर्स एण्ड रि–इन्स्योरर्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) को २१औं सम्मेलनमा आगामी असोज ९ र १० गते काठमाडौंमा हुने भएको हो ।

सम्मेलनमा प्राकृतिक विपत्ति र साइबर क्राईमको जोखिम बहनबारे छलफल गरिने आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

एआईआरडीसी, बीमा समिति र नेपाल बीमक संघको संयुक्त आयोजनामा हुने सम्मेलनमा २० देशका विदेशी १५० भन्दा बढी र स्वदेशीसहित पाँच सय जना इन्स्योरेन्स कम्पनी तथा नियामक निकायका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।

प्राकृतिक विपत्ति र साइबर क्राइमको जोखिम बहन गर्ने क्षमता खोज्न सम्मेलन केन्द्रित हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए ।

सम्मेलनमा प्राकृतिक विपत्तिको जोखिम न्युनिकरणमा पुनर्बीमा कम्पनीको भूमिका, बीमा कम्पनीहरुको डिजिटलाइजेशन, माईक्रो इन्स्योरेन्स लगायतका बिषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने एआईआरडीसीका उपाध्यक्ष विजयबहादुर शाहले जानकारी दिए । सम्मेलनको निष्कर्षलाई बीमा क्षेत्रको नियमनका क्रममा उपयोग गरिने अध्यक्ष चापागाइँले बताए ।