काठमाडौं । एमजी कमेट ईभी र एमजी फोर ईभी नेपाली बजारमा भित्रिएका छन् ।
एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता प्यारामाउण्ट मोटर्सले एमजी कमेट ईभी र एमजी फोर ईभी नेपाली बजारमा भित्र्याएको हो । नेपाली बजारमा बढ्दो विद्युतीय सवारीको भिडमा कम्पनीले थप नयाँ दुई मोडल सार्वजनिक गरेको हो ।
प्यारामाउण्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले स्टाईलिस, व्यवहारिक र आफ्नो बजेटमा विद्युतीय गाडी किन्न चाहने ग्राहकका लागि यी दुई मोडल अन्यन्तै उपयुक्त हुने उल्लेख गर्नुभयो । मूल्य प्रतिस्पर्धी, उच्च माइलेज, अत्याधुनिक विशेषतायुक्त यी मोटरमा बिक्री पछिको सेवा समेत आकर्षक रहेको भन्दै छिटैनै नेपाली बजारमा लोकप्रिय बन्ने कम्पनीको विश्वास छ ।







प्रतिक्रिया दिनुहोस्