२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


युरोकप छनोटअन्तर्गत पोर्चुगलको लगातार पाँचौ जित


5.993k
Shares

काठमाडौं । युरोकप २०२४ छनोटअन्तर्गत पोर्चुगलले पाँचौ खेलमा पनि आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

पाँचौ खेलमा अपराजित यात्रा कायम राख्नेक्रममा शुक्रबार राती सम्पन्न समूह जे अन्तर्गतको खेलमा पोर्चुगलले स्लोभाकियामाथी १–० गोल अन्तरको जित हात पारेको हो ।

स्लोभाकियाको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडका कप्तान बु्रनो फर्नान्डेजले आफ्नो जन्मदिनमा खेलको ४३ औं मिनेटमा निर्णायक गोल गरे । पोर्चुगल ५ खेलमा शतप्रतिशत जितका साथ १५ अंकसहित समूह ‘जे’ को शीर्षस्थानमा रहेको छ ।

स्लोभाकिया १० अंकसहित दोस्रो स्थानमा छ । समूह जे कै अर्को खेलमा आइसल्याण्डलाई लग्जम्वर्गले ३–१ गोलले पराजित गरेको छ । युरोकप छनोट अन्तर्गत शुक्रबार राती भएको समुह एअन्तर्गतको खेलमा स्पेनले जर्जियालाई ७–१ गोलले पराजित गरेको छ ।

स्पेनका लागि अल्भारो मोराटाले ह्याट्रिक गरे । समुह ए कै अर्को खेलमा स्कटल्याण्डले साइप्रसलाई ३–० गोलले पराजित गरेको छ । समुह डी मा रहेका क्रोसियाले ल्याटिभालाई ५–० गोलले पराजित गर्दा सोहि समुहमा रहेका टर्की र अर्मेनियाले एक एक गोलको बराबरी खेलेका छन् ।

६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् । जर्मनी आयोजक राष्ट्रको रुपमा युरोकपका लागि छनोट भईसकेको छ ।