Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


कर बढाएको भन्दै राजनीतिक दलद्वारा राजापुर नगरपालिकामा तालाबन्दी


2.2k
Shares

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पती एवं अन्य करको बिरोध गर्दै बिभिन्न राजनीतिक दलले तालाबन्दी गर्नुका साथै राजापुर बजार समेत बन्द गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ती, नेकपा एस, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी नेकपाले तालाबन्दीसँगै बजार बन्द गरेका हुन् ।नागरिकको बेवास्ता गर्दै मनोमानी ढंगले नगरपालिकाले चर्को कर असुलेको दलहरुको आरोप छ ।

भदौ १५ गते वडा कार्यलयहरु घेराउ १८ गते नगरपालिका घेराउ लगायतका शान्तिपूर्ण बिरोधका कार्यक्रम गरेपनि नगरपालिकाले सुनुवाई नगरेपछि थप आन्दोलन घोषणा स्वरुप नगरपालिकामा तालाबन्दी गरिएको नेपाली कांग्रेसका नगर सभापति महेश चौधरीले जानकारी दिनुभयो ।

कर बृद्धी घटाउन आम समुदायको गुनासो आएकाले शान्तीपूर्ण आन्दोलन गरेको नेकपा एमालेका नेता शिव प्रसाद चौधरीले बताउनु भयो ।

यता नगर प्रमुख दिपेश थारुले अन्य पालिकाको तुलनामा राजापुर नगरपालिकाले न्यून कर लिएको दावी गर्नुभयो ।

नगरपालिकाले २०८० असार १८ गते अर्थ सम्वन्धी प्रस्तावलाई कार्यन्वयन गर्न ऐन ल्याएको थियो । जसमा सम्पती करमा स्वघोषणा अनुसार १० लाख सम्मको मूल्याङ्कनमा एक मुष्ठ ३ सय रुपैयाँ र ५ करोड भन्दा माथिको मूल्याङ्कनमा ०.०५ प्रतिशत कल लाग्ने उल्लेख छ ।