Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


संघीय निजामति सेवा ऐन चाँडै संसदबाट पास भइ लागू हुनेछ : मन्त्री देवी


715
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय प्रशासन प्रणाली थप मजबुत बनाउन संघीय निजामति सेवा ऐनको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनभुएको हो ।

मन्त्री देवीले प्राविधिक कारणले संघीय निजामति सेवा ऐन आउन ढिलाइ भएपनि सरकारले मन्त्रीपरिषद्बाट पास गरी संसदमा पठाउने निर्णय भइसकेको भन्दै अब छिटै नै संसदबाट पारित भइ कार्यान्वयनमा जाने विश्वास व्यक्त गर्नुभयो ।

उहाँल संघीय निजामति सेवा ऐन लागू भइसकेपछि संघीय निजामति सेवा मात्र नभइ प्रदेश र स्थानीय तहसम्मको धेरै अन्योलता पनि अन्त्य हुने बताउनुभयो ।

मन्त्री देवीले ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा राखेको बताउनुभयो ।