काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक दाबी गरिएको फोनपे र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा‘एन.आई.पी.यल’ले नेपाल र भारत बीचपहिलो क्रस बोर्डर क्यु.आर भुक्तानी सेवा सुरु गर्ने तयारी गरिएको छ ।
यो ऐतिहासिक साझेदारी को सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो । जहाँ हरेक वर्ष दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाटहुने गर्छ । फोनपे, र एन.आई.पी.यल बीचको यस सहकार्यले, दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई, यी दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरमा क्यु.आर कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्नेछ ।
उक्त सेवाका लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेको जनाएका छन् । प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको जनाइएको छ । प्राविधिक एकीकरणको समाप्ति पस्चात यी दुईकम्पनी आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्नसक्षम हुने छन् ।








प्रतिक्रिया दिनुहोस्