काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले अस्पतालजस्तो संवेदनशील ठाउँमा राजनीतिक भागबन्डाको आधारमा नियक्ति गर्नु नहुने बताउनुभएको छ ।
बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै डा. कार्कीले अस्पतालमा राजनीतिक भागबन्डाका आधारमा निर्देशक नियुक्ति हुने गरेको भन्दै त्यसो गर्नु नहुने बताउनुभएको हो ।
मन्त्री नयाँ आएपिच्छे निर्देशक फेरिँदा अस्पतालको अवस्थाको बारेमा निर्देशकलाई नै थाहा नहुने गरेको उहाँको भनाई छ । उहाँले बिरामीको उपचारमा अस्पतालका भौतिक पूर्वाधार, उपकरण, स्वास्थ्यकर्मी, व्यवस्थापन, सरकारको नीति र अस्पतालका प्रोटोकलको कुरा जोडिने भएपनि चिकित्सकहरुलाई मात्रै दोषारोपण गर्ने गरिएको उहाँले बताउनुभयो ।
सांसद कार्कीले काठमाडौंजस्तो केन्द्रमा रहेको कान्ति बाल अस्पतालमा बालिकाले उपचार नपाएर मर्नुपर्ने अवस्था आउनु लज्जास्पद र दुःखदायी कुरा भएको बताउनु भयो ।






प्रतिक्रिया दिनुहोस्