काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले नेपालमा गुणस्तरिय तथ्याङ्क नहुँदा सरकारले बनाएका नीति कार्यक्रम र योजनाहरु सफल हुन नसकेको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ७ औं कृषि गणना कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले बनाउने हरेक नीति,योजना तथा कार्यक्रमहरु तथ्याङ्कमा आधारित भएर बनाउने तर तथ्याङ्क गुणस्तरीय नुहँदा योजनाहरु विफल हुने गरेको दाबी गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजनाहरुमा समेत तथ्य तथ्याङ्क आवश्यक गर्ने बताउनुभयो ।
उहाँले आयोगले १६ औं योजना बनाई रहेको भन्दै तथ्याङ्क कार्यालयले ठिक समय कृषि गणना सार्वजनिक भएको उल्लेख गर्नुभयो । तथ्याङ्क गुणस्तरीय नहुँदा मुलुकमा अहिलेसम्म राज्यले गरेका योजना तर्जुमा, नीति र कार्यक्रमहरु लागू भएपनि अपेक्षा अनुसार प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ ।
उपाध्यक्ष श्रेष्ठले सरकारले बनाएरका योजनाहरुले केही नजिता दिएपनि मुलुकको आवश्यकताको तुलनामा न्युन रहेको उल्लेख गर्नुभयो । उहाँले आयोगले १६ औं योजनालाई स्टक्चर ट्रान्सफरमेसन केन्द्रित बनाउन चाहेको बताउनुभयो । उहाँले १६ औं योजनाको प्राथमिकता कृषि उत्पादन र वृद्धिमा रहने उल्लेख गर्नुभयो ।
उहाँले कृषि क्षेत्रलाई व्यवसायीकिकरण र आधुनिकीकरण गर्नसके मात्रै छोटो समयमा धेरै उत्पादन र रोजगारी बढाउन सकिने दाबी गर्नुभयो । उहाँले उद्योग क्षेत्रको विकास नभइ सेवा क्षेत्रको विकास नटिक्ने बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले अब तथ्याङ्क संकलनमा तीनै तह लाग्ने र राष्ट्रिय एकीकृत तथ्याङ्क प्रणाली विकास गरी स्थानीय र प्रदेश तहको क्षमता विकास गर्न योजना रहेको बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्