६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


जी ट्वेन्टी सम्मेलनका लागि एक हजार लक्जरी गाडीको व्यवस्था


6.916k
Shares

एजेन्सी । विश्वका विकसित तथा विकाशील देशहरुको संगठन जी ट्वेन्टीको शिखर सम्मेलन आगामी शनिबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ ।

दुई दिने सम्मेलनमा जी ट्वेन्टी सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुसहित हजारौं प्रतिनिधिहरु दिल्लीमा भेला हुँदैछन् । त्यसको तयारीमा रहेको भारत सरकारले सम्मेलनका लागि एक हजार बढी लक्जरी गाडीको व्यवस्था गरेको छ ।

प्रतिनिधिहरुको सुरक्षा संवेदनशिलता र दिल्लीका सडकहरुको अवस्था हेरेर लक्जरी गाडीको व्यवस्था गरिएको हो । भारतमा उपलब्ध लक्जरी गाडीहरु अपुग भएपछि नेपालबाट समेत लक्जरी गाडीहरु भाडामा लिइएको छ ।

भारतको गाडी रेन्टल कम्पनी केटीसी इण्डियाले नेपालबाट २५ वटा टोयोटा कम्युटर भ्यानहरु भाडामा लगेको बुझिएको छ । काठमाडौंका विभिन्‍न ट्राभल एजेन्सीहरुबाट ती गाडी तीन महिनाको रुट परमिट लिएर नयाँदिल्ली लगिएको हो ।

बोगाटी, टोयोटा, बेन्टली, पोर्श, फक्सवागेन, ल्यम्बोर्गीनी, बिएमडब्लु फाइभ, अउडी, मर्सिडिज र जीएलएस गाडीहरुको व्यवस्था गरिएको छ । यी गाडीहरुमा ६ सय ५० वटा लक्जरी भ्यान र ३ सय वटा सेडान कार रहेका छन् ।