१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा


5.538k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ ।

लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा परेको थियो । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।यही भदौ १० गते सो मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आज भदौ २१ गते बिहिबारका लागि अर्को पेसी तोकेको हो ।

बिहिबार न्यायाधीश कार्कीको इजलासमा क्रमसङ्ख्या ३ मा पेसी तोकिएको हो । भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भएपछि लामिछाने भदौ ११ गते एसिया कप त्रि,केट खेल्न पाकिस्तान गएका थिए । लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । यसअघि सो मुद्दा पटक– पेसीमा चढिसकेको छ ।