१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


यु.एस ओपन टेनिसको पुरुषतर्फ मेदबेदेभ र शेल्टन सेमिफाइनलमा प्रवेश


117
Shares

काठमाडौं । यु.एस ओपन टेनिसको पुरुषतर्फ डानिल मेदबेदेभ र बेन शेल्टन सेमिफाइनलमा पुगेका छन् ।

अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्रान्डस्लामको क्वाटरफाइनलमा आफ्नै देशका आन्द्रे रुब्लेभलाई सोझो सेटमा हराउँदै रुसका मेदबेदेभ सेमिफाइनलमा पुगेका हुन् । रुब्लेभ विरुद्धको खेल मेदबेदेभले ६–४, ६–३ र ६–४ को सेटमा जिते ।

मेदबेदेभले अब सेमिफाइनलमा स्पेनका कार्लोस अल्कारेज वा जर्मनीका अलेक्जेण्डर भेरेभ मध्ये एक खेलाडीसँग खेल्नेछन् । बुधबार राति भएको अर्को खेलमा आफ्नै देशका फ्रान्सेस टियाफोलाई ६–२, ३–६, ७–६ र ६–२ ले हराउँदै अमेरिकाका बेन शेल्टन पनि सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनलमा शेल्टनको भिडन्त सर्वियाका नोभाक जोकोभिचसँग हुनेछ ।