Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


प्रमुख प्रशासकीय अधिकृतको सरुवा र थमौतीको विषयमा सुनवलका मेयर र उपमेयरको लडाइँ


702
Shares

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको सरुवा र थमौतीको विषयमा मेयर/उपमेयरबीचको विवाद बढेको छ ।

मेयर विमला अर्याल र उपमेयर सूर्य दुवेबीच सरुवाको पक्ष र विपक्षमा विवाद भएको हो । दुवै जना एमालेबाट निर्वाचित हुन् । प्रमुख प्रशासकीय अधिकृतको काम कारबाहीप्रति नगर क्षेत्रका राजनीतिक दल र केही कर्मचारीहरुको असन्तुष्टी बढेको गुनासोपछि प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई मन्त्रालयले दुई पटकसम्म सरुवा गरेको थियो । दुवै पटक भएको सरुवालाई मेयर अर्यालले थमौती गर्नुभएको हो ।

पछिल्लो पटक उपमेयरकै अगुवाईमा केही कार्यपालिका सदस्यहरु प्रमुख प्रशासकीय अधिकृतको सरुवामा लागेका छन् । सरुवा गराउन लागेका उपमेयर दुवेले मन्त्रालयलाई लेखेको पत्रमा प्रमुख प्रशासकीय अधिकृतका कारण प्रशासनिक विकृतिहरु मौलाउँदै गएकाले सुनवलको स्थानीय सरकारलाई भ्रष्टचाररहित बनाउनका लागि प्रमुख प्रशासकीय अधिकृतको तत्काल सरुवा गरी योग्य, पेशागत प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरिएको छ ।