३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


इलामको रेडहर्ष ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश


169
Shares


ताप्लेजुङ । इलामको रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाईनल अन्तर्गत भएको खेलमा रेडस्टार फुटबल क्लब झापालाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए ।

ट्राइबेकरमा झापाका मिलन राईको गोल रेडहर्षका गोल किपर विवेक मगरले रोकेपछि इलामलाई सफलता मिलेको हो । इलामले आज हुने फाइनल खेलमा इटहरीको जुट विकास फुटबल एकेडेमीसँग उपाधीका लागि प्रतिस्पर्धा गर्ने छ ।