३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


एसिया कप क्रिकेटको शीर्ष चारको खेल आजबाट


8.411k
Shares

काठमाडौं । एसिया कप क्रिकेटमा आजदेखि शीर्ष चारका खेलहरू सुरु हुने छन् ।

आज बुधबार पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुने छ । पाकिस्तानको लाहोरमा हुने खेल नेपाली समय अनुसार आज दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । पछिल्लो पाँच खेलमा पाकिस्तान अपराजित रहेको छ भने बंगलादेशले पाँचमध्ये २ खेलमा मात्र जित निकालेको छ । समूह ‘ए’ बाट पाकिस्तान र भारत तथा समूह ‘बी’ बाट बंगलादेश र श्रीलंकाले अघिल्लो चरणमा स्थान बनाएका हुन् ।

समूह चरणमा पाकिस्तानले नेपाललाई पराजित गर्दा भारतसँग वर्षाका कारण अंक बाँड्दै शीर्ष चारमा पुगेको थियो । बंगलादेशले भने श्रीलंकासँग हार व्यहोर्दा अफगानिस्तानलाई फराकिलो अन्तरले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको थियो । यसअघि मंगलबार समूह चरणको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई हराएसँगै शीर्ष चारमा पुग्ने सबै चार टिमको तय भएको हो ।