
काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच यु.एस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्राण्ड स्लामको क्वाटरफाइनलमा अमेरिकन खेलाडी टेलर फ्रिट्जलाई हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् ।
फ्रिट्जविरुद्धको खेल जोकोभिचले ६–१, ६–४ र ६–४ को सोझो सेटमा जिते । सेमिफाइनलमा जोकोभिचको भिडन्त अमेरिकन खेलाडीहरु फ्रान्सेस टियाफो र बेन शेल्टनमध्ये एक जनासँग हुनेछ । करियरमा २३ पटक ग्राण्ड स्लाम जितिसकेका जोकोभिच अब २४ औं उपाधिको खोजीमा छन् ।
यसपटक यु.एस ओपन जितेको खण्डमा जोकोभिचले सर्वाधिक ग्राण्डस्लाम जित्ने अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टको २४ उपाधिको किर्तीमानसँग बराबरी गर्नेछन् ।
पुरुषतर्फ भने जोकोभिचले जितेको २३ ग्राण्डस्लाम नै अहिलेसम्मको उच्च हो ।
प्रतिक्रिया दिनुहोस्