१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


नेपालबिरुद्धको खेलमा भारतले पायो नयाँ लक्ष्य


5.382k
Shares


काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता २०२३ मा नेपालविरुद्दको खेलमा भारतले जितका लागि नयाँ लक्ष्य पाएको छ ।

सोमबार श्रीलंकाको राजधानी क्याण्डीस्थित पल्लेकेल्ले रंगशालामा नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएर भारतले ब्याटिङ गरिरहदा खेल वर्षाका कारण प्रभावित हुँदा भारतलाई नयाँ लक्ष्य दिइएको हो । भारतले जितका लागि २३ ओभरमा एक सय ४५ रन बनाउनु पर्ने लक्ष्य पाएको हो ।

भारतले २.१ ओभरमा जवाफी ब्याटिङ गरेर १७ रन बनाउँदा पानी परेर खेल स्थगित भएको थियो । त्यसपछि अहिले खेल शुरु भएको छ । वर्षा रोकिएपछि भारतले डकवर्थ एन्ड लुइस नियमका आधारमा नयाँ लक्ष्य पाएको हो