Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


पर्यटनमन्त्रीले दायाँबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौं : सभापति यादव


169
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले पर्यटनमन्त्री सुदन किराँतीलाई गलत काम नगर्न खबरदारी गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गर्नुभएको हो ।

उहाँले पर्यटनमन्त्री किराँतीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको बताउनुभयो । उहाँले देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताउनुभयो । उहाँले मन्त्रीले पर्यटन सम्बन्धि नीतिहरु समयअनकुल बनाउनुपर्ने र त्यो देशको हीतमा भए सामुहिक पहल गर्न समिति तयार रहेको बताउनुभयो ।

सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने र कहि दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताउनुभयो ।