Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


संघियता कार्यान्वयन गर्न तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा सांसद श्रेष्ठको जोड


39
Shares

काठमाडौं । नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले तीनवटै तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले संघीयता कार्यान्वयनका निम्ति पहिलो शर्त नै जनशक्ति व्यवस्थापन रहेको बताउनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय तहमा जनशक्ति व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।

मुलुक संघीय संरचनामा रहेको उल्लेख गर्दै उहाँले राज्यशक्तिको प्रयोग तीनवटै ठाउँबाट हुनुपर्ने बताउनु भयो ।उहाँले सरकारले अत्यावश्यक रहेका विधेयकहरु पनि संसदमा ल्याउने प्रयत्न नगरेको बताउनु भयो ।