Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपालको स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद


3.8k
Shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त हुनुभएको छ ।
यसअघि उहाँ स्ट्यान्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत हुनुहुन्थ्यो ।मोहम्मको बंगलादेशका प्रमुख एमएनसी र स्थानीय बैंकहरूमा १५ वर्षभन्दा लामो अनुभव रहेको छ । त्यसैगरी उहाँ बजेटिङ र योजना विज्ञ पनि रहेको बैंकले जनाएको छ । बीआरएसी बैंक लिमिटेड ढाकामा बिजनेस प्लानिङ एन्ड एनालाइसिस प्रमुख (वरिष्ठ उपाध्यक्ष)का रूपमा समेत उहाँको अनुभव रहेको जनाइएको छ ।

मोहम्मद स्ट्यान्डर्ड चार्टर्ड बैंक, बंगलादेशमा सन् २०१० देखि २०१६ सम्म वरिष्ठ व्यवस्थापक (फाइनान्स म्यानेजमेन्ट)को जिम्मेवारीमा रहनुभएको थियो । उहाँले बंगलादेशको राजधानीमा रहेको ढाका विश्वविद्यालयबाट एमबीए पूरा गर्नु भएको छ ।