
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानूनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै उहाँले संविधान अनुसार बन्न बाँकी कानूनहरुको निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले कतिपय कानूनहरु संविधान बनेको ३ वर्षभित्रै बन्नुपर्ने भएपनि हालसम्म बन्न नसकेको भन्दै उहाँले यसले गर्दा सरकारप्रति आशंका उत्पन्न भएको बताउनुभयो ।
सांसद आलेमगरले वर्तमान सरकारप्रति आदिवासी, जनजाति, दलित, मधेशी, महिला लगायत सम्पूर्ण उत्पीडित समुदायले आशाको दृष्टिले हेरेका उल्लेख गर्दै उनीहरुको आशा अनुरुप सरकारले काम गर्नुपर्ने बताउनुभयो ।
सांसद आलेमगरले कानून बनाउन सरकारले तुरुन्तै पहलकदमी लिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्