Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि आज निर्वाचन हुने


377
Shares

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने भएको छ ।

यसका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष पदका लागि सहमतिको प्रयास असफल भएपछि प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुवै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन हुने पक्का भएको हो ।

कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल रहेका छन् । रिजालको प्रस्तावकमा विजय बिराट विष्ट र समर्थकमा बाला सिंह काउछा रहेका छन् । उम्मेदवारी दर्ताको समय सोमबार बिहान १० बजेसम्म रहेको छ ।

सोमबार बिहान मनोनयनको काम सकिएपछि निर्वाचन हुने निर्वाचन कमिटीले जनाएको छ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।

कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन ।