
पोखरा, भदौ २४ । कास्कीको बेगनास तालमा डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको शव आज फेला परेको छ ।
योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिषा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल, ४ वर्षीय रञ्जित गैरे र ३२ वर्षीय रवी खनालको शव आज भेटिएको हो ।
स्थानीय कमलराज कँडेलको घरमा तिजको दर खान जाने क्रममा डुंगा बेगनास तालको बीचमा डुबेको थियो । घटनापछि उद्धार गरिएका ५ जनामध्ये पोखरा–२८ की कृष्णकुमारी बजगाई र तनहुँ भिमादकी जमुना कँडेल गैरेको उपचारका क्रममा हिजो नै मृत्यु भएको थियो । बाँकी तीन जनाको उपचार भइरहेको छ ।
डुंगामा पानी भरिएर डुबेको बताइएको छ । डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट नलगाएकोले ठूलो क्षति भएको हो ।
प्रतिक्रिया दिनुहोस्