२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


टी–२० शृंखलामा अष्ट्रेलिया विजयी


533
Shares

काठमाडौं । दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले टी–२० शृंखलामाथि कब्जा जमाएको छ ।

तीन खेलको शृंखलामा अस्ट्रेलिया २–० ले अघि रहेको हो । पहिलो खेल अस्ट्रेलियाले १११ रनको विशाल अन्तरले जितेको थियो । हिजो साँझ भएको खेलमा अस्ट्रेलियाले जीतका लागि १६५ रनको लक्ष्य पाएको थियो ।

पाहुना टोलीले उक्त लक्ष्य ३१ बल बाँकी छँदै पछ्याएको थियो । अस्ट्रेलियाको ब्याटिङमा पुनः एकपटक कप्तान मिचेल मार्स चम्किँदा ३९ बलमा ८ चौका र ६ छक्कामा ७९ रनको योगान दिए ।

यसअघि कप्तान एडन माक्र्रमको ४९ रनको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । टेम्बा बाभुमाले ३५ तथा ट्रिस्टन स्टब्सले २७ रन बनाए । अस्ट्रेलियाका लागि सन एबट र नेथन इलिसले ३–३ विकेट लिए । जेसन बेह्रेनडोर्फको खातामा दुई विकेट प¥यो ।