२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


कोशी सरकार बिरुद्धको रिट ‘हेर्न नमिल्ने,’ आजको सुनुवाइ स्थगित


325
Shares


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज ‘हेर्न नमिल्ने’ भएको छ ।

सो रिट आज शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो । सत्ता गठबन्धनमा रहेका र प्रदेश सभा वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि नेकपा एमालेले त्यस विरुद्ध सर्वोच्चमा रिट हालेको थियो । कोशी प्रदेश सरकारको गठन संविधान विपरीत भएको भन्दै पूर्व मुख्यमन्त्री एवं एमाले प्रदेश संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सर्वोच्च अदालतमा भदौ ६ गते रिट दर्ता गराउनु भएको हो ।

त्यसमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सुनुवाई गर्दै भदौ यही ७ गते थापाले लिएको विश्वासको मत संविधान सम्मत नदेखिएको भन्दै प्रदेश सरकारलाई दीर्घकालिन प्रभावका काम नगर्न आदेश दिएको थियो । त्यसबखत न्यायाधीश खतिवडाकको इजलासले उक्त मुद्धालाई अग्राधिकारमा राख्दै विपक्षीलाई भदौ १३ गतेभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको थियो ।

त्यसैगरी इजलासबाट भदौ १५ गतेका लागि पेसी तोकिएको थियो । न्यायाधीश खतिवडाले हेर्न नमानेपछि आजको सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उहाँले मुद्दा हेर्न नमान्नु भएको हो ।
सभामुख बाबुराम गौतमले राजीनामा दिएर मुख्यमन्त्रीलाई मतदान गरेको र उपसभामुख सिर्जना दनुवार विदामा रहेको समयमा जेष्ठ सदस्यलाई प्रदेशसभाको सभाध्यक्ष बनाइएको थियो ।

तर विश्वासको मत लिने क्रममा बहुमत नपुगेपछि प्रदेशसभाको अध्यक्षता गर्ने जेष्ठ सांसदले पनि भदौ ४ गते मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्नुभएको थियो ।तटस्थ रहनु पर्ने सभाध्यक्षले गरेको उक्त मतदान संविधान विपरीत रहेको भन्दै कार्की अदालत जानु भएको थियो ।