Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नौमुरे जलविद्युत आयोजनाको काममा ढिलाई


559
Shares

अर्घाखाँची । अर्घाखाँची र प्युठानको सिमानामा बन्ने नौमुरे जलविद्युत आयोजनाको काम अघि बढ्न सकेको छैन ।

आयोजनाका लागि गत आर्थिक वर्षमा ६ करोड ७९ लाख रकम विनियोजन भएकोमा जम्मा १ करोड १८ लाख मात्रै खर्च भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको नौमुरे बहुउद्देश्यीय आयोजना कार्यालयले गत वर्षको पाँच करोड ६० लाख रुपैयाँ फ्रिज भएको जनाएको छ ।

२ सय ४५ मेगावाट विद्युत उत्पादन गर्ने तथा त्यसबाट निस्किने पानीबाट कपिलवस्तुमा ४० हजार हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य आयोजनाको छ ।