Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


आज नेपाल र बहराइन भिड्दै


2.3k
Shares

काठमाडौं । नेपालले आइसिसी महिला टि–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग प्रतिष्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको क्वालालाम्पुरमा सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ । पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन लगातार दोस्रो जितको खोजिमा छ ।

तेस्रो खेलमा नेपालले १७ गते भूटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।