Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


अर्थतन्त्र जटिल अवस्थामा पुग्यो : कार्यवाहक अध्यक्ष पाण्डे


5.1k
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले राष्ट्र बैंकको मौद्रिक नीति ब्याज बढाउने भएका कारण अर्थतन्त्र जटिल अवस्थामा पुगेको बताउनुभएको छ ।

बुधबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले मौद्रिक नीतिमा मूल्यवृद्धि नियन्त्रण र वैदेशिक विनिमय सञ्चिति बढाउने र समग्र माग घटाउन र ब्याज बढाउने नीतिका कारण अर्थतन्त्रमा समस्या आएको बताउनुभयो ।

अध्यक्ष पाण्डेले बैंकको उच्च ब्याजदर, नगद प्रवाहमा भएको समस्या, उत्पादनमा कमी, लगानीको स्थगन, पुँजीगत खर्चमा भएको कमी र अर्थतन्त्रको समग्र बजारमा आएको मागको कमी लगायतको कारण निजी क्षेत्रको मनोवल घट्दो अवस्थामा रहेको बताउनुभयो । उहाँले वर्तमान अर्थतन्त्रका चुनौतिहरुको सामान गर्दै मन्दीमा रहेको अर्थतन्त्रलाई उकासन निजी क्षेत्रको कमजोर भएको मनोवल बढाउन आवश्यकता रहेको बताउनुभयो

अध्यक्ष पाण्डेले बजेटमा गत वर्षको भन्दा ४० प्रतिशत राजश्व बढी उठाउने लक्ष्य राखेको छ । यस्तो अवस्थामा लक्ष्य अनुसारको राजश्व र ६ प्रतिशतको आर्थिक वृद्धि हुन नसक्ने देखिएको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउँदै सरकारले पुँजीगत खर्च वृद्धि र बजेट कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष पाण्डेले बजेट कार्यान्वयन भए यो वर्ष अर्थतन्त्र संकुचनमा जाने खतरा रहेको बताउनुभयो । उहाँले आर्थिक विकासमा सम्पूर्ण राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरुको पहिलो एजेण्डा अर्थतन्त्र हुन आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र र उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न पनि राजनीतिक दलहरुको अग्रसरता आवश्यक रहेको उल्लेख गर्नुभयो ।