२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


ताप्लेजुङ गोल्डकप फुटबलको तयारी पूरा, आठ टीम सहभागी हुने


299
Shares

काठमाडौं । ताप्लेजुङ गोल्डकप प्रतियोगिता भोलिदेखि शुरु हुने भएको छ ।

जनै पूर्णिमाको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगितामा आठ वटा टीम सहभागी हुने आयोजकले जनाएका छन् ।भोलि बिहिबार हुने उद्घाटन खेलमा घरेलु मनाभारा क्लब र जुट विकास फुटबल क्लब इटहरी भिड्ने छन् । प्रतियोगितामा फिदिम स्पोर्टस् क्लब, रेडहर्स क्लब इलाम, गोर्खा स्पोर्टस् क्लब झापा र रेडस्टार क्लब झापा सहभागी हुने छन् ।

यस्तै मोरङबाट पथरी फुटबल क्लब, सुनसरीबाट जुट विकास फुटबल क्लब र भारतको दार्जिलिङबाट युनाइटेड खर्साङ क्लब पनि सहभागि हुने आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेताले ३ लाख ११ हजार एक सय ११ रुपैयाँको पुरस्कार पाउने छन् । प्रतियोगिताका क्रममा लाखेजात्रा समेत हुने भएको छ ।