काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले थप एक जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल रहेको प्रहरी स्रोतले जनाएको छ । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुन समातेको थियो । झण्डै १ सय किलो भनिएको सुन पछि गालेर तौलिदा ६० किलो ७१६ ग्राम भएको थियो ।
पौडेलसहित सुन प्रकरणमा पक्राउ पर्नेका संख्या २४ पुगेको छ । सुन तस्करी प्रकरण छानविन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालले उच्च स्तरीय छानबिन समितिको माग गर्दै झण्डै १ महिना संसद अवरोध गरेको थियो । सरकारसँग आगामी असोजमा उच्च स्तरीय समिति बनाउने सहमति भएपछि संसल अवरोध खुलेको थियो ।








प्रतिक्रिया दिनुहोस्