२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


एमालेले ‘मै लाउँ’, ‘मै खाउँ’ भन्नेजस्तो व्यवहार गर्‍यो : सन्तोष परियार


1.222k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अन्य प्रतिपक्ष दलहरुलाई मतलव नै नगरी समिति सभापति लिएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले अरु पार्टीहरुलाई कुनै मतलव नै नगरी समिति सभापति लिएर गल्ती गरेको बताउनुभयो । उहाँले एमालेले मै लाउँ मै खाउँ भन्नेजस्तो व्यवहार गरेको बताउनुभयो । उहाँले सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडिएको बताउनुभयो । संसदलाई प्रभावशालि र गतिशिल बनाउन नभइ संकुचन गराउने प्रयास भएको उहाँको भनाइ छ ।

प्रमुख सचेतक परियारले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भएपनि आफूहरुले नलिएको बताउनुभयो ।