
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति संविधान विपरित र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको भन्दै आपत्ति जनाउनुभएको हो । प्रधानमन्त्री दाहालको सो भनाई आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै उहाँले सो अभिव्यक्तिप्रति निन्दा र भत्सना समेत गर्नुभयो । प्रमुख सचेतक गिरीले आपसमा मिलेर बसेका नेपाली समुदायलाई भडकाउने, आपसी विद्वेष फैल्याउने, मुलुकलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री दाहाल आफैँ संलग्न गरेको आरोप समेत लगाउनु भयो ।
प्रमुख सचेतक गिरीले सरकारले सुशासन कायम गर्ने भनेपनि त्यस अनुसारको काम गर्न नसकेको जिकिर समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्