Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


पाकिस्तानमा विजुलीको विल अत्यधिक बढेपछि सर्वसाधारण प्रदर्शनमा उत्रिए


2k
Shares

एजेन्सी । पाकिस्तानमा बिजुलीको विल अत्यधिक बढेको भन्दै बिरोध प्रदर्शन शुरु भएको छ ।

मासिक आम्दानी भन्दा विजुलीको वील बढी आउन थालेको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् । राजधानी इस्लामावाददेखि पाकिस्तान नियन्त्रित कश्मिरसम्मका शहरमा हजारौंले प्रदर्शन गरेका हुन ।

केही ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको छ । आर्थिक संकटबाट मुक्ति पाउन अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत संस्थाहरुसंग गरेको सम्झौता अनुसार पाकिस्तान सरकारले विजुली, पानीलगायत अत्यावश्यक सेवाको मूल्य अत्यधिक बढाएको छ भने करका दर पनि उल्लेख्य बढाएको छ । सर्वसाधारणले मासिक २५ रुपयेसम्म विजुलीको वील आउन थालेको बताएका छन् । प्रदर्शन चर्केपछी अन्तरिक सरककारका प्रधानमन्त्री अनवार उल हक काकरले आपतकालीन बैठक बोलाउनु भएको छ ।

उहाँले ४८ घण्टाभित्र समस्याको समाधान खोज्न राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ ।