काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान शुरु गर्ने भएको छ ।
भैरहवाबाट हङकङ र दिल्लीका लागि हप्ताको एक एक दिन उडान गर्ने निगमले जनाएको छ । अहिले हप्ताको एकदिन उडान गरेर माग र निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने निगमको भनाइ छ ।
बिहान सवा ८ मा भैरहवाबाट उड्ने बिमान ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । काठमाडौंबाट हङकङ र दिल्ली जाने यात्रुलाई निगमकै कनेक्टिंङ उडानबाट लगिने छ । तर उनीहरुलाई भैरहवामा बोर्डिङ पास लिंदा नै गन्तव्यसम्मको बोर्डिङ् पास दिइने छ भने लगेज पनि सिधै गन्तव्यसम्म पुर्याइने छ । भैरहवाबाट हुने उडानका लागि गत साउन १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।








प्रतिक्रिया दिनुहोस्