Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


हुलास वायरको ‘संवर्धन समारोह’


65
Shares

काठमाडौं । हुलास वायर इण्डष्ट्रिजले आफ्नो प्रख्यात ब्राण्डलाई अझ सुदृढ र परिस्कृत गर्दै लैजाने विश्वासका साथ “संवर्धन समारोह” आयोजना गरेको छ ।

इटहरीस्थित सोल्टि वेष्टनमा भएको कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल र भारतका विभिन्न ठाउँका हुलास वायरका सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा उत्कृष्ट व्यापार प्रबर्द्धन गर्ने नेपाल र भारतका सदस्य, इण्डष्ट्रिजका उत्कृष्ट एवं पुराना कर्मचारीहरुलाई कदरपत्रद्धारा सम्मान पनि गरिएको थियो ।

कम्पनीका ब्राण्ड एम्बेष्डर क्याप्टेन विजय लामाले आफुले विभिन्न कम्पनीसँग जोडिएर काम गर्दे आएको भएपनि हुलास वायरसँग जोडिएर काम गर्न पाउँदा बेग्लै अनुभव रहेको सुनाउनुभयो । गोल्छा अर्गनाइजेसनले सय वर्षको अवधिमा गरेको संघर्षको कथाले आफूलाई निकै भावुक समेत बनाएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रबन्ध निर्देषक युक्ति गोल्छाले सय वर्षको इतिहासलाई समेट्दै ४० वर्ष पुगेको हुलास वायर अझ परिमार्जित एवम परिस्कृत हुँदै जाने बताउनुभयो ।