१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याइयो


0
Shares

काठमाडौं । नुवाकोटमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव आज काठमाडौं ल्याइएको छ ।

हेलिकोप्टरका पाइलट निश्चल केसीसहित ६ जनाको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको हो ।

शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । चार वटा हेलिकोप्टरमार्फत ती शव ल्याइएको हो

हेलिकोप्टर दुर्घटना भएको ठाउँबाट सुरक्षाकर्मी र स्थानीयको सहयोमा शव नुवाकोटको विदुर ल्याइएको थियो ।

हेलिकोप्टर दुर्घटनामा पाइलट केसी, जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय डिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङको मृत्यु भएको थियो ।

जहाज दुर्घटनामा बाँच्न सफल आनी डोल्मा डिकीलाई भने हिजै उपचारका लागि काठमाडौं ल्याएको थियो ।