Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्छु : सभापति सुवेदी


299
Shares

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिकि नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताउनुभएको छ ।

सोमबार समिति सभापतिमा निर्वाचित भएसँगै सभापति सुवेदीले समितिमा रहेको संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताउनुभएको हो । उहाँले सबै समिति सदस्यहरुको साथ, सहयोगले विधेयक पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

सभापति सुवेदीले समितिले दिएका निर्देशनहरु सरकारलाई छिटो कार्यान्वयन गराउन लागि पर्ने पनि बताउनुभयो । समितिको निर्देशनहरुलाई सरकारबाट कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने पनि उहाँले बताउनुभयो ।

सभापति सुवेदी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की सांसद हुनुहुन्छ ।