२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल वर्षाले रद्द, नेपालले जवाफी ब्याटिङ गर्न पाएन


9.555k
Shares

काठमाडौं । आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।

खेलमा नेपालले जितका लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको थियो । तर,त्यसपछि वर्षा भएकाले नेपाली महिला टोलीले ब्याटिङ गर्ने अवसर पाएन । वर्षाको कारण नेपालले ब्याटिङ गर्ने अवसर नपाएपछि खेल रद्द गरिएको हो ।

नेपालले चारदेशीय महिला टी–२० खेलमा फाइनलमा हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको थियो । आईसीसी महिला विश्वकप टी–२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुँदैछ । नेपालको समूहमा युएई,कतार, मलेसिया, भुटान र बहराइन छन् ।

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले ग्लोबल छनोट खेल्न पाउनेछन् ।