Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


नाइल बाँध विवादमा पुनः वार्ता शुरु


8.6k
Shares

एनेन्सी । इजिप्टको जल तथा सिंचाई मन्त्रालयले ग्राण्ड इथियोपिया पुनःजागरण बाँध (जिईआरडी) को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद शुरु गरेको छ ।

इजिप्ट,इथियोपिया र सुडानबीच समस्या समाधानका लागि छलफल शुरु भएको हो । इजिप्टका जलश्रोत तथा सिंचाईमन्त्री हानी सेविलमले इथियोपियाको नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालन गर्न सहमति हुनुपर्नेमा जोड दिँदै सम्झौताले तीन वटै देशको हित र चासोलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो । तीन देशको सहमति बिना बाँध सञ्चालन गर्नु तीन देशले सन् २०१५ मा हस्ताक्षरको उल्लंघन हुने उहाँको भनाई छ ।

इथियोपियाले इजिप्ट र सुडानको बिरोधका बाबजुद सन् २०२० मा बाँध सञ्चालन गरेको थियो । जसको कारण २०२१ बाट त्रिपक्षीय वार्ता हुन सकेको थिएन । इथियोपियाले सन् २०११ मा यो बाँध परियोजना शुरु गरेको थियो । यसबाट ६ हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ ।