
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज थाइल्याण्डसंग अन्तिम अभ्यास खेल खेलिरहेको छ ।
नेपाली समय अनुसार बिहान पौने ९ बजेदेखि मलेसियामा खेल शुरु भएको हो । आइसिसी महिला टि ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम अभ्यास खेल खेलिरहेको हो । पछिल्लो समय टेस्ट टोलीविरुद्ध शानदार प्रदर्शन गर्दै आएको थाईल्यान्डसँग नेपाली महिला टोलीको आज असली परिक्षा हुनेछ ।
गत शनिबार नेपालले चार देश सम्मिलित महिला टि ट्वेन्टी खेलको फाइनलमा हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा १३ रनले हराउँदै उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्