२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी, एस्टोन भिल्ला र लिभरपुलको जीत


507
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएका खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित दर्ता गरेको छ ।

सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले लगातार तेस्रो जित दर्ता गरेको हो । सेफिल्डको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा रोड्री र हालान्डले समान १/१ गोल गरे । यससँगै सिटीले लिगमा शत प्रतिशत जितको सिलसिला कायम राख्दै शीर्षस्थानमा उक्लिएको छ । सिटी ३ खेलमा शत प्रतिशत जितका साथ शीर्ष स्थानमा उक्लिएको हो ।

हिजै भएको अर्को खेलमा एस्टोनले बर्नलेमाथि ३–१ गोलको फराकिलो जित दर्ता गरेको छ । बर्नलेको मैदानमा पाहुनाटोली एस्टोन भिल्लाले तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको हो । यस्तै अर्को खेलमा लिभरपुलले महत्वपूर्ण जीत निकालेको छ । बलियो प्रत्यासी न्युक्यासल युनाइटेडमाथि लिभरपुलले एकका विरुद्ध २ गोलको जीत निकालेको हो । लिभरपुलका लागि दुवै गोल डार्विन नुनेजले गरेका थिए ।