२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरकार चुक्यो : सांसद पराजुली


208
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरकार चुकेको बताउनुभएको छ ।

आइतबार संसदीय समितिअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिमा सभापतिको लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पराजुलीले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले सभापतिमा उम्मेदवारी दिनु लोकतन्त्रको अधिकतम उपयोग गरेको बताउनुभयो ।

सांसद पराजुलीले प्रमुख प्रतिपक्षले सार्वजनिक लेखा समिति लिनुपर्नेमा अरु पनि समिति राजनीतिक भागबण्डामा लिइरहेको बताउनुभयो । सांसद पराजुलीले राजनीतिमा सधैँ दुषित खेल खेल्नु नहुने बताउनुभयो ।