२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ, भोलि पाकिस्तान जाने


5.629k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एंव स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्धामा आज पनि सुनुवाई हुन सकेन ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो । न्यायाधीश पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा हेर्न नभ्याइने भन्दै पन्छाइएको हो । अदालतले अर्को पेशी भदौ २१ गते तोकेको छ । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ । सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए ।

नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको थियो । सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । यसैबीच, सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् ।

आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्राको बाटो खेलेको हो । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध भदौ १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।