
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले दलाल नोकरशाही पुँजीवाद र वित्तीय पुँजीवादले सर्वहारा श्रमजीवि नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेको बताउनु भयो । अध्यक्ष नेपालले देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा भएको बताउनु भयो ।
उहाँले देशमा सुशासनको प्रत्याभुति गर्ने कुराहरुमा पनि अनेक व्यवधान खडा भइरहेको बताउनु भयो । प्रतिकुल काम गर्ने र अवरोधमुलक काम गर्नेहरुसँग जुध्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
अध्यक्ष नेपालले नेता, कार्यकर्ताहरु घुलमिल हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्