Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


संसदमा गहन अध्ययन र बहसबिना विधेयकहरु पारित हुन्छन् : अध्यक्ष राउत


2.8k
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले संसदमा गहन अध्ययन र बहस बिनै विधेयकहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो बताउनुभएको हो । उहाँले आफू संसद छिरेको छोटो समयमै संसदप्रीत वितृष्णा जागेको बताउनुभयो ।

अध्यक्ष राउतले सबैले संसद ऐन, कानून निर्माण गर्ने थलो हो भन्ने सोचेपनि बिना छलफल र अध्ययन बहुमतको आडमा ऐनहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अहिलेको संसदीय व्यवस्थाबाट देशलाई आवश्यक पर्ने ऐनहरु गहन र विषयवस्तु आधारित भएर छलफल गरी पारित गर्न कठिनाइ रहेको बताउनुभयो ।

अध्यक्ष राउतले ऐन बनाउँदा कुनै एक कर्मचारीले लेख्ने र त्यो ऐन पढ्न माग्दा समेत कमजोरी पत्ता लाग्ने डरले सचिवहरुले नदिने गरेको दाबी गर्नुभयो । उहाँले संसदबाट धेरै आशा गर्न नसकिने बताउनुभयो । उहाँले सचिवसँग निजामति ऐन माग्दा नदिएको गुनासो गर्नुभयो ।

अध्यक्ष राउतले शिक्षकलाई उचित पारिश्रमीक दिनुपर्ने र शिक्षा पेशालाई मर्याीदत बनाउनुपर्ने बताउनुभयो ।