Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सुनकोशी–मरिण डाइभर्सनको ११ महिनामा ८.२ किलोमिटर सुरुङ निर्माण


2k
Shares

सिन्धुली । सिन्धुली जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको एघार महिनामा ८ दशमलव २ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।

कुल १३ दशमलव ३ किलोमिटर सुरुङ मध्य टिविएम संचालन भएको कुल ११ महिनाको अवधिमा ८ दशमलव २ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको हो । आयोजना अन्तर्गत सुनकोशी नदीमा बाध निर्माणका लागि निर्माण व्यवसायी परिचालित गरिएको छ । नदीमा पानीको सतह घटन थालेपछि बाँध निर्माण सुरु गर्ने जनाईएको छ ।

आयोजना स्थल सिन्धुली जिल्लाको कमलामाई नगरपालिका २ को कुसुमटारबाट गत असोज महिनादेखि सुरुङ खन्ने काम थालनी भइ चुरे क्षेत्र पार गरेर महाभारत गढतीर क्षेत्रमा प्रवेश गरेको आयोजनाले जनाएको छ । सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कुल लागत ४६ अर्व १९ करोड मध्य हालसम्म ८ अर्व ८६ करोड खर्च भैसकेको जनाईएको छ ।