 
	    एजेन्सी । जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी समुन्द्रमा फाल्न सुरू गरेको छ ।
जापान सरकारले गत मंगलबार विकिरणयुक्त प्रदूषित पानी समुद्रमा फाल्ने निर्णय गरेको थियो । विकिरणयुक्त पानीले समुद्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै चौतर्फी विरोध भईरहेको छ ।
परमाणु बिकिरणबाट प्रदुषित पानीले समुद्री पर्यावरणमा प्रभाव पार्ने र त्यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने चेतावनी जारी गर्दै सबैलाई सचेत रहन जापान सरकारले आग्रह गरेको छ । जापानी जनता भने सरकारको निर्णप्रति असन्तुष्ट देखिएका छन् ।
पानी फाल्न शुरु गरेसँगै समुन्द्रमा माछा मार्नेहरु, स्थानीय र छिमेकी देशहरुले बिरोध जनाएका छन् । टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्