Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


गायक स्व.जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान


429
Shares

काठमाडौं । सरकारले गायक स्वर्गीय जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि प्रदान गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गायक स्व. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन जाने भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बतउनु भयो ।

सरकारी प्रवक्तासमेत रहनुभएकी उहाँले सरकारले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निस्काषन सातौं संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताउनु भयो ।

मन्त्री शर्माले सरकारले धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाको लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृत गरेको बताउनु भयो ।