Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


प्रतिपक्षले सुनियोजित रुपले संसद बैठक अवरोध गर्‍यो : सांसद मगर


273
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन प्रतिपक्षले सुनियोजित रुपमा संसद बैठक अवरोध गरेको बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मगरले प्रतिपक्षले संसद बैठक नियतवश र सुनियोजित रुपमा गरिररहेको बताउनुभएको हो । उहाँले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन र ऐन, कानूनहरु निर्माण गर्न नदिनका लागि संसद बैठक अवरोध गरिएको बताउनुभयो ।

सांसद मगरले प्रमुख प्रतिपक्ष दलले सत्तापक्ष हुँदा पनि संसद विघटन गरेको र प्रतिपक्ष हुँदा पनि स–सानो कुरामा बखेडा झिकेर बैठक चल्न नदिएको बताउनुभयो । प्रतिपक्षको अवरोधको कारण संसद आफ्नो अधिकार र कर्तव्यबाट बिमुख हुनुपरेको उहाँले बताउनुभयो ।

सांसद मगरले संसद बैठक सुचारु गर्न सबैको ध्यान जानुपर्ने बताउनुभयो ।