२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक स्थगित


1.079k
Shares

काठमाडौं । संसद अवरोध खुलाउन मंगलबार बस्ने भनिएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।
सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन र संसद्को अवरोध खुलाउने विषयमा आज दिउँसो तीन दलका शीर्ष नेताहरू बसेर टुंग्याउने तयारी रहेको थियो । तर नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि सिंहदरबारमा बस्ने भनिएको शीर्ष नेताको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको हो ।

त्यसैगरी आजै राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पद तथा गोपनियताको सपथ रहेकाले समय अभावले पनि बैठक बस्न नसकेको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताउनु भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट भएको तस्करीको सुन छानबिनका लागि गठन गरिने उच्चस्तरीय छानबिन आयोगबारे मस्यौदा समितिले तयार पारेको मस्यौदालाई शीर्ष नेता बसेर अन्तिम रुप दिने र संसदको अवरोध खुलाउन बैठक डाकिएको थियो ।

गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले विमानस्थलबाट बाहिरिदै गरेको ६१ किलो सुन समातेको थियो । साउन १० यता प्रमुख प्रतिपक्षी दल एमालेले उच्च स्तरीय छानविन आयोगको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । तर हिजो सोमबार दलहरुबीच उच्चस्तरीय छानबिन आयोग गठन गर्न सहमति भएको थियो ।